Rule 21
कबुलियत गर्नु पर्ने

(१) छात्रवृत्तिमा छनौट भई अध्ययन वा तालीममा जानु अघि त्यस्तो व्यक्तिले अनुसूची–१ बमोजिमको ढाँचामा कबुलियत गरी शिक्षा मन्त्रालयमा बुझाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कबुलियत गर्दा सम्बन्धित व्यक्तिले नेपाल मेडिकल बोर्डमा दर्ता भएको चिकित्सकद्वारा प्रमाणित गरिएको निरोगिताको सक्कल प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।